काठमाडौं १५ असोज । नेकपा एमालमेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन हुनुमा माधव नेपालको हात भएको आरोप लगाएका छन् । विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।
उनले नेपालको पार्टी विभाजन अस्विकार गर्दै एमालेमै फर्किई स्वागत योग्य काम गरेको समेत बताएका छन् ।
“पार्टी एकता जोगाउनका लागि प्रर्दशित अधिकतम लचकताका बाबजुद हरहालतमा पार्टी विभाजन गरी छाड्ने माधव नेपालको योजना स्पष्ट भएपछि पार्टी भित्रको अन्तरसंघर्षमा साथमा रहनु भएका अधिकांश कमरेडहरु त्यसलाई अस्विकार गरेर एकताको पक्षमा उभिनु भएको छ । यो स्वागतयोग्य निर्णय हो ।” ओलीले भने ।
नेकपा एमालेलाई विभाजन गराउन र उनीहरुलाई बैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको समेत सहयोगी भूमिका रहेको ओलीले दावी गरेका छन् ।