सर्वोच्च अदालतबाट पुर्व यी चार प्रधानन्यायाधीशले पाए सफाई — OSNepal

सर्वोच्च अदालतबाट पुर्व यी चार प्रधानन्यायाधीशले पाए सफाई

LC (KTM) October 01, 2021 0

काठमाडौं १५ असोज । सर्वोच्च अदालतले पुर्व चार प्रधानन्यायाधीशलाई सफाई दिएको छ । अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता धनजीत बस्नेतले पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

आज शुक्रबार बसेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले रिटमा माग दाबी नपुगेको भन्दै सफाई दिने फैसला गरेका हुन् ।

सफाई पाउने पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की रहेका छन् ।

निजहरुले गत पौष २४ गते संयुक्त विज्ञप्ती जारी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको अभिव्यक्ति दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर