काठमाडौँ १५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई स्कर्टिङ गर्दै पार्टीको महाधिवेशनको स्थल गोदावरी ललितपुरको सातदोबाटो चोकबाट स्कर्टिङ गर्दै ओलीलाई विधान महाधिवेशन स्थल गोदावरी पुर्याइने भएको हो ।
विधान महाधिवेशनको उद्घाटन अध्यक्ष ओलीबाट हुने कार्यक्रम रहेको छ । आज बाट सुरु हुने विधान महाधिवेशन तिन दिन चल्ने भएको छ । ओलीलाई पार्टीका शिर्ष नेताहरुले उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।
उद्घाटन समारोह सकिए पछि भोली असोज १६बाट बन्दसत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने तयारी रहेको छ ।
यी सबै प्रतिवेदनमाथि समुहगत छलफल गरेर समुह नेताबाट निष्कर्ष सुनाउने र सबै सुझावलाई समेटेर उक्त प्रतिवेदनलाई पारित गर्ने तयारी रहेको छ ।
विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु, विभागबाट चुनिएका प्रतिनिधिहरु, जिल्ला कमिटीका प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, पालिकाका प्रमुख तथा उपप्रमुखहरु लगायतको सहभागी हुने भएको छ ।