काठमाडौं, १५ असोज – एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा आज शुक्रबार चार खेल हुँदैछन् । २० क्लब सहभागीता छैटौँ संस्करणको प्रतियोगितामामा बिहान महिला तर्फको सेमिफाइनल खेल हुँदैछ भने दिउँसो पुरुष तर्फका खेल हुनेछन् ।
बिहान १० बजे सुरु हुने पहिलो खेलमा महिला तर्फका एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । १२ बजे सुरु हुने महिला तर्फको दोस्रो सेमिफाइनलमा न्यु डायमन्ड र नेपाल पुलिस क्लबबीच भिडन्त हुनेछ ।
दिउँसो साढे २ बजे पुरुष तर्फको पहिलो खेलमा साविक लिग विजेता हेल्प नेपाल र नेपाल पुलिस क्लब फाइनल प्रवेशका लागि खेल्नेछन् ।
अपराह्न साढे चार बजे सुरु हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।
एनभिए भलिबल च्याम्पियनसिपमा महिला तर्फ ८ र पुरुष तर्फ १२ टोली सहभागी छन् । यस लिगबाट उत्कृष्ट रहने महिला तर्फ ५ र पुरुष तर्फ ८ टोली एनभिए लिगमा छनोट हुनेछन् ।