साफ च्याम्पियनसिपमा भोली नेपाल माल्दिभ्स संग भिड्दै , कप्तान किरण भन्छन्- हामी गोर्खालीका सन्तान कसै संग डराउँदैनौ , फाइनल पुग्छौ — OSNepal

साफ च्याम्पियनसिपमा भोली नेपाल माल्दिभ्स संग भिड्दै , कप्तान किरण भन्छन्- हामी गोर्खालीका सन्तान कसै संग डराउँदैनौ , फाइनल पुग्छौ

LC (KTM) September 30, 2021 0

साफ च्याम्पियनसिपमा आफुहरु नतिजाका लागि खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बताएका छन् । मालेमा आज आयोजना गरिएको प्रि म्याच कन्फरेन्समा बोल्दै कप्तान किरणले यस्तो बताएका हुन् । नेपाली टोलीमा युवा र अनुभवी खेलाडीहरुको मिश्रण रहेकोले यसपाली मैदानमा उत्रदा नतिजा निकाल्ने गरी उत्रने बताए ।

उनले माल्दिभ्समा कुनैपनि टिमसँग नडराउने र नतिजाका लागि मैदानमा लड्ने बताएका हुन् । माल्दिभ्सको आफ्नै मैदान रहेको र समर्थकहरु पनि घरेलु रहेक पनि आफुहरु नडराउने उनले बताएका छन् । आफुहरु गोर्खालीको सन्तान भएको भन्दै उनले कुनै टिम सग पनि नडराई खेल्ने बताए । उनले भने- हामी गोर्खाली हौँ ।

हामीले विश्वमा इतिहास बनाएका छौँ । हामी कसैसंग डराउने छैनौँ । होम र अवेले हामीलाई केही फरक पार्दैन । उनले यसपाली जसरी भए पनि फाइनल सम्म पुग्ने योजना रहेको सुनाए । नेपालले भोलि आयोजक माल्दिभ्सविरुद्ध खेल्दै साफको सुरुवात गर्नेछ । यी दूई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आइसके पछि नेपालले सुधारिएको खेल प्रर्दशन गरिरहेको छ । नेपालले अहिलेसम्म साफको उपाधि जित्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर