भोलीबाट सुरु हुने एमालेको महाधिवशेनमा जनताको बहुदलीय जनवादको बारेमा विस्तृत छलफल गरिँदै — OSNepal

भोलीबाट सुरु हुने एमालेको महाधिवशेनमा जनताको बहुदलीय जनवादको बारेमा विस्तृत छलफल गरिँदै

LC (KTM) September 30, 2021 0

काठमाडौँ १४ असोज । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन भोली शुक्रबारदेखि सुरु हुने भएको छ । भोलीबाट ललितपुरको गोदावरीमा सुरु हुने महाधिवेशन तिन दिन चल्ने भएको छ ।

महाधिवेशन उद्घाटन सत्रपछि बन्द सत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष केपी शर्मा ओली शर्माले राजनीतिक प्रतिवेदन पेश गर्ने बुझिएको छ । त्यसैगरी ,महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताप पेश गर्ने पनि जनाइएको छ ।

आज बिहिबार पत्रकार सम्मेलन गर्दै मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा ‘बादल’ले यो महाधिवेशनले विचार सम्प्रेषण गर्नुका साथै एमालेको मूल सिद्धान्त जनताको बहुदलीय जनवाद ‘जबज’को बारेमा विस्तृत छलफल गर्ने समेत बताएका छन् ।

प्रतिवेदनमा भनिएको छ , ‘नेकपाको सरकार, आगामी मार्ग दर्शन, देश विकासको मूल सत्रु को हो रु भन्ने विषयमा विश्लेषण गरिने, ‘यस्तै पार्टीको आन्तरिक कार्यभारदेखि अबको समाजवाद निर्माणको विकासबारे छलफल हुने हुनेछ’ ।

महाधिवेशनको व्यवस्थापनलाई चुस्तदुरुस्त गर्न पार्टी केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक, शेरबहादुर तामाङ, सचिव र कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा, सदस्य रहेको मूल व्यवस्थापन समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर