एमालेको निरन्तर अवरोध पछि असोज १९ गतेसम्मका लागि संसद बैठक स्थगित — OSNepal

एमालेको निरन्तर अवरोध पछि असोज १९ गतेसम्मका लागि संसद बैठक स्थगित

LC (KTM) September 30, 2021 0

काठमाडौं १४ असोज । आज बसेको संसद बैठकमा पनि नेकपा एमालेको अवरोध भएपछि संसद बैठक असोज १९ गते सम्मको लागि स्थगित गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकलाई समेत वष्हिकार गरेका नेकपा एमालेले संसद बैठक भने गत भदौ २३ गते देखि निरन्तर अवरोध गर्दै आएका छन् ।

एमालेको अवरोधका बिच पनि सभामुख अग्प्रिसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीति दल विभाजन सम्बन्धिको अध्यादेश खारेज गरेको पढेर सुनाएका थिए ।

साथै अवरोधका बामजुत पनि राष्ट्र ऋण उठाउने र आर्थिक विधेयक प्रमाणीकरण गरेको समेत सभामुखले पढेर
सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर