केही दिन देखि मन्त्रिपरिषद् विस्तार भोली हुन्छ भन्दै आएका प्रचण्डले फेरि भने- मन्त्रीको भागवण्डा भोली हुन्छ — OSNepal

केही दिन देखि मन्त्रिपरिषद् विस्तार भोली हुन्छ भन्दै आएका प्रचण्डले फेरि भने- मन्त्रीको भागवण्डा भोली हुन्छ

LC (KTM) September 30, 2021 0

काठमाडौं १४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भोलीबाट नै मन्त्रालयको भागवण्डाको विषयमा टुंगो लाग्ने बताएका छन् ।

आज बिहिबार सहिद प्रतिष्ठान नेपालको १२औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेका हुन् । केहि दिन यता अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद्को विषयमा भोली भोली भन्दै आएका छन् ।

आज भने उनले मन्त्रीको भागवण्डा आज र भोलीमा हुने बताएका छन् ।‘अर्थ र उर्जामन्त्रालय लिइसकेका छौं । अरु मन्त्रालय आजभोलि नै टुंगिदैछ’उनले सम्बोधनमा भने ।

जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने गृहकार्य भइरहेको समेत उक्त कार्यक्रम मार्फत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर