प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अनुपस्थितिमा सर्वदलीय बैठक बालुवाटारमा सुरु — OSNepal

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अनुपस्थितिमा सर्वदलीय बैठक बालुवाटारमा सुरु

LC (KTM) September 30, 2021 0

काठमाडौं १४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अनुपस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

गत भदौ २३ गतेबाट एमालेबाट जारी अवरुद्ध हटाउनको लागि आजको बैठक देउवाले बोलाएका हुन् । तथापी, माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पाटीलाई बैठकमा सहभागी गराइएको भन्दै एमालेले यो बैठक अवरुद्ध गरेको हो ।

सर्वदलीय बैठकमा कांग्रेसबाट प्रधानमन्त्री एवं सभापति देउवा, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव वेदुराम भुसाल सहभागी छन् । अध्यक्ष मावध कुमार नेपाल अस्पताल भर्ना भएकाले अनुपस्थित छन् ।

यस्तै, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल र नेमकिपाबाट प्रेम सुवाल सहभागी छन् ।

एमालेले सरकारले आफ्नो स्वार्थकोलागि अध्यादेश ल्याएर स्वार्थ पुरा भएपछि खारेज गरेको र , सभामुख अग्निप्रसाद सापकोटाले पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरी पार्टी विभाजन गर्न भुमिका खेलेको भन्दै संसद अवरोध गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर