काठमाडौं १४ असोज । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले राजीनामा दिएका छन् ।
हालै जसपाबाट विभाजन भएर बनेको लोसपामा आफ्नो पुराना भनिने पार्टीभन्दा पृथक भएर अघि बढ्ने योजना पुरा नहुने भन्दै उनले पार्टी अध्यक्ष ठाकुरलाई राजीनमा दिएका हुन् ।
नयाँ राजनीतिक यात्रा थालनी गर्ने बताएका उनले आफुले अर्को दल भने नखोल्ने बताएका छन् ।
वर्तमान अवस्थामा क्रियाशील रहेको दलहरु मध्ये एक दलमा आफु सहभागी हुन बताएका उनले आज बाटै नै यसकोागि छलफल अगाडी बढाउने समेत जनाएका छन् ।