काठमाडौँ १४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई बोलाइएको सर्वदलीय बैठकमा आफुहरु सहभागी नहुने बताएको छ ।
आफ्नो पार्टीले माधव नेपाल सहित १४ जना सांसदलाई कारवाही गरेको सुचना नटाँसेको र दल विभाजन गर्न राजनीतिक दल सम्सबन्धि अध्यादेश ल्याएको साथै त्यसको स्वार्थ पुरा भएपछि अध्यादेश खोरज गरिएका भन्दै एमालेले निरन्तर रुपमा संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
आज प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अवरोधको विषयमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठकलाई एमालेले अस्विकार गरेको छ । केहि समयमा नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बस्ने भएको छ ।
‘प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एकीकृत समाजवादीलाई पनि निम्ता छ । त्यो पार्टीलाई जालझेल र असंवैधानिक तवरले विभाजन गरियो भनेर एमाले सर्वोच्च अदालतमा गएको छ ।’ एमालेका एक नेताले अघि भने , संसद्मा पनि १४ जनालाई प्रवेशमा रोक लगाउ भन्दै नारा लगाएकाले प्रावधिक रूपमा पनि एमाले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा जादैन । त्यो बैठक हाम्रो तर्फबाट वहिष्कार हुन्छ’ ।