कांग्रेस पार्टीलाई कमजोर बनाउँने गतिविधि भइरहेको छ: कोइराला — OSNepal

कांग्रेस पार्टीलाई कमजोर बनाउँने गतिविधि भइरहेको छ: कोइराला

LC (KTM) September 30, 2021 0

काठमाडौं असोज १४ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वागमती प्रदेशमा संकटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउँन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य भएको बताएका छन् ।

नेता कोइरालाले सामाजिक सञ्जाल मार्फत यसले कांग्रेस पार्टीलाई कमजोर बनाउँने भन्दै अस्वीकार्य भएको बताएका हुन् । संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउँन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो ? भन्दै प्रश्न समेत गरेका छन् ।

उनले यस्तो कार्यमा संलग्न नहुन सबैलाई आग्रह समेत गरेका छन् ।

‘वागमती प्रदेशमा संकटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउँन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य छ’ उनले अघि भनेका छन् , ‘यसले कांग्रेस पार्टीलाई कमजोर बनाउँछ ।
संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउँन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो ? यस्ता कार्यमा संलग्न नहुन म सबैमा आग्रह गर्न चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर