नेकपा एसका अध्यक्ष नेपाल ज्वरोले सिकिस्त, राता रात लगियो अस्पताल — OSNepal

नेकपा एसका अध्यक्ष नेपाल ज्वरोले सिकिस्त, राता रात लगियो अस्पताल

LC (KTM) September 29, 2021 0

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एक्कासी अस्पताल भर्ना हुन पुगेका छन् । आज राती उनलाई एकदमै धेरै ज्वरो आएपछि अस्पताल भर्ना गरिएको केन्द्रिय सदस्य राम कुमारी झाँक्रीले जनाकारी दिएकी छिन् ।

पुर्वप्रधनमन्त्री समेत रहेका नेता नेपाललाई ज्वरोको साथमा रुघाखोकी पनि देखिएको छ । उनलाई समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राती नै भर्ना गरिएको हो । उनलाई केही दिन अघि देखी सामान्य ज्वरो र रुघाखोकी देखिएपछि पीसीआर टेस्ट गरिएको थियो । अध्यक्ष नेपालको कोभिड भने नेगेटिभ नै आएको थियो ।

नेता नेपालको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । नेपाललाई चिकित्सकले ब्यस्तता र दौडधुपको कारण ज्वरो आएको भन्दै केही दिन आराम गर्न सुझाव दिएका छन् । नेपालको उपचारमा वरिष्ठ छातीरोग विशेषज्ञ डा सन्तकुमार दास सहितको टोली संलग्न रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर