मोटरसाईकल दुर्घना हुदा धनुषामा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । उनीहरु तिनै जना एउटै मोटरसाइकल सवार रहेका थिए । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं ११ का २१ वर्षीय कुनाल कुमार साह रहेका छन् ।
अरु २ जनाको सनाखत हुन सकेको छैन । अरु २ जनाको सनाखतको कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए। ज ९ प १९८२ नम्बरको मोटरसाइकल धनुषाको औरहीबाट जनकपुरधामतर्फ आउँदै गरेको थियो ।
आउँदा आउँदै अनियन्त्रित भएर मोटरसाईकल दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।