बिरामी बोकेर अस्पताल लैजाँदै मेलम्चीका स्थानिय — OSNepal

बिरामी बोकेर अस्पताल लैजाँदै मेलम्चीका स्थानिय

LC (KTM) September 29, 2021 0

सिन्धुपाल्चोक १३असोज- बाढीले मेलम्ची बजार आउने पक्की पुल र सडकमा क्षति पुगेपछि झोलुंगे पुल हुँदै बिरामी बोकेर अस्पताल लैजाँदै मेलम्ची-८ का स्थानिय । तस्वीर देवराज सुवेदी, रासस

एमाले अध्यक्ष ओली गोदावरीमा-नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावरीस्थित सनराइज हलको आज निरीक्षण गर्नुभएको छ । यही असोज १५ देखि १७ गतेसम्म आयोजना हुन लागेको पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा जानकारी लिन उहाँ गोदावरी पुग्नुभएको हो ।

अध्यक्ष ओलीसँगै पार्टीका महासचिव ईश्वर पोखरेल, कार्यालय सचिव शेरबहादुर तामाङ, केन्द्रीय सदस्य सुशीला नेपाल, पार्टीको ललितपुर अध्यक्ष हरिकृष्ण व्यवञ्जनकारलगायत गोदावरी पुग्नुभएको थियो । उहाँले व्यवस्थापन समितिलाई यहाँ आउने प्रतिनिधिलाई सजिलो हुने गरी व्यवस्थापन गर्न निर्देशन दिनुभएको केन्द्रीय सदस्य नेपालले बताउनुभयो । सो अवसरमा अध्यक्ष ओलीले सबै किसिमका तयारी समयमा नै सकाउन निर्देशन दिनुभएको थियो ।

विधान महाधिवेशका लागि मञ्चको सजावटको केही काम मात्रै बाँकी रहेको नेपालले जानकारी दिनुभयो । प्रतिनिधिको बसाईको व्यवस्थापन सम्बन्धित प्रदेश कमिटीले गर्ने भएका छन् । प्रदेश कमिटीले सम्पर्क मञ्चसँगको समन्वयमा प्रतिनिधिको व्यवस्थापन गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर