काठमाडौं १३ असोज । विभिन्न युट्युब च्यानल सञ्चालन गरी उक्त च्यानल मार्फत महिलाको चरित्रहत्या गर्ने भिडियो, अन्तर्वाता तथा फोटोसहितको विवरण प्रसारण गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दैनिक खबर युट्युब का सञ्चालक प्रदीप भण्डारी , हरेक पलको खबर युट्युबका सञ्चालक शिशिर अधिकारी , मोर्डन अनलाइन टीभीको सञ्चाल रोशन तामाङ सहित चार जना रहेका छन् ।
निजहरुलाई सम्मानित काठमाडौं जिल्ला अदातलबाट म्याद थप गरी अनुशन्धान भइरहेको छ ।