१ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ जनाको मृत्यु — OSNepal

१ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ जनाको मृत्यु

LC (KTM) September 29, 2021 0

काठमाडौं १३ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३ हजार ८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी १ हजार १५७ कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ११३ जना संक्रमणमुक्त भएका छन् । भने ८ जनाले भने ज्यान गुमाएका छन् ।

त्यसैगरी, संक्रमित मध्ये भक्तपुरमा २८, ललितपुरमा ४२ र काठमाडौं जिल्लामा २६५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयल जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर