परिणीति चोपडा बलिउड उद्योगको एक ठुलै नाम हो । परिणीतिले आफ्नो दमदार अभिनयबाट उद्योगमा आप्mनो खास पहिचान बनाएकी हुन् । यस दिन परिणीति आफ्नो परिवार संग भ्याकेसनमा रहेकी छिन् ।
उनले यो भ्याकेशन कसरी फुल मस्ति गरेर बिताई रहेकी छिन् भन्ने सामाजिक सञ्जालमा गरेको पोष्टले पुष्टि गरेको छ । उनले अण्डरवाटर स्विम गर्दै गरेको एक भिडियो शेयर गरेकी छिन् । जसलाई देखेर फ्यानहरु छक्क परेका छन् ।
परिणीतिले आफ्नो इन्ष्टाग्राम एकाउण्टमा समुन्द्रको मुनि माछाको बीचमा स्विम गरिरहेको आफ्नो एक शानदार भिडियो शेयर गरेकी छिन् । भिडियोमा देख्न सकिन्छकी परिणीति माछाहरुको बीचमा प्रकृति संग एकदमै सुनदर ढंगले खेलिरहेकी छिन् । परिणीति को भिडियो इण्डियन ओसनको रहेको छ ।
उनले यो शानदार भिडियो शेयर गर्दै लेखेकी छिन्–मेडिटेशन । उनको यो भिडियोलाई लाखौ दर्शक तथा फ्यानहरुले मन पराएका छन् । उनको यो भिडियोमा सबैले जमेर प्रतिक्रिया दिईरहेका छन् । उनले यो भ्याकेसनमा खिचेका एकदमै सुन्दर तस्बीरहरु शेयर गरिरहेकी छिन् । उनले केही समय अघि सायना नेहवालको बायोपिकमा खेलेकी थिईन् । उनलाई यस फिल्मबाट एकदमै राम्रो रेस्पोन्स मिलेको थियो ।