काठमाडौँ १३ असोज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन् ।
अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले दिएको जानकारी अनुसार असोज २० गते आह्वान गरिएको प्रदेशसभाको अधिवेशन मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।
आज बसेको प्रदेश २ को बैठकले प्रदेशसभा बैठक आव्हानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । ८० जनाको समर्थन रहेको राउतले विश्वासको मत पाउने लगभग निचिश्त ने छ ।
उनलाई जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थन रहेको छ । जनता समाजवादी पार्टी जसपा विभाजन भएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।