पटक पटक सर्दै सभामुख सापकोटाविरुद्ध परेको मुद्धाको सुनुवाई, आज पनि ‘हेर्न नमिल्ने’ पर्यो — OSNepal

पटक पटक सर्दै सभामुख सापकोटाविरुद्ध परेको मुद्धाको सुनुवाई, आज पनि ‘हेर्न नमिल्ने’ पर्यो

LC (KTM) September 29, 2021 0

काठमाडौं १३ असोज । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्धाको सुनुवाई आज पनि ‘हेर्न नमिल्ने’मा परेको छ ।

पटक पटक सर्दै आएको यो मुद्धाको सुनुवाई आज बुधबार पहिलो नम्बरमै राखिएको भएपनि हेर्न नमिल्नेमा परेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् ।

२०६२ सालको सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामालाई खाल्डो खन्न लगाएर जिउँदै पुरेको भन्दै उनकी श्रीमती पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।

गत भदौ १६ गते चढेको यस मुद्धाको पेशी हेर्न नभ्याइनेमा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर