मुक्तिनाथ मन्दिर खुलेसँगै पर्यटकको चहलपहल बढ्न थाल्यो — OSNepal

मुक्तिनाथ मन्दिर खुलेसँगै पर्यटकको चहलपहल बढ्न थाल्यो

LC (KTM) September 29, 2021 0

हिमालपारिको जिल्ला मुस्ताङस्थित धार्मिक पर्यटकीय तीर्थस्थल मुक्तिनाथ मन्दिर । कोभिड–१९ को कारण बन्द मन्दिर यही असोज १० गते खुलेसँगै आगामी दिनमा पर्यटकको चहलपहल बढने विश्वास गरिएको छ ।

मेलुङमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम-दोलखाको मेलुङ गाउँपालिका–४ का वुद्धिमाया तामाङको परिवारमा एक छोरा, एक छोरी र श्रीमान् गरी चार जना छन् । निम्न वर्गीय परिवारका उनीहरुको जग्गा जमिनबाट वर्षभरीमा उब्जनी हुने अन्नबालीले तीन महिना पनि राम्रोसँग खान पुग्दैन ।

खेती किसानसँगै उनीहरुको आम्दानीको मुख्य स्रोत भनेकै ज्याला मजदूरी हो । ३२ वर्षीया बुिद्धमाया तामाङले छोराछोरीको शिक्षादिक्षा, परिवारको स्वास्थ्य उपचार तथा परिवारिक घर खर्चको लागि गाउँमा ज्याला मजदूरी गर्ने गर्छिन् । गाउँमा नै ज्याला मजदूरी गरी दैनिकी निर्वाह गरिरहेकी तामाङले बेरोजगारलाई सरकारले रोजगारी दिने र त्यसको लागि फारम भर्नुपर्ने भन्ने सुनेर वडामा गएर बेरोजगारको सूचीमा फारम भरिन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा धेरैले रोजगारीको लागि फारम भरेको भए पनि उनको पनि नाम छनोट भयो ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा काम गरेबापत एक सय दिनको बुद्धिमाया तामाङले रु ५१ हजार १८३ प्राप्त गरिन् । ज्याला मजदूरीमा पनि महिला र पुरुषबीचमा विभेद हुने गरेकोमा गाउँमानै रोजगारी पनि पाएको र महिला र पुरुषको सम्मान ज्याला पाएपछि उहाँले खुसी व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोट भएपछि दैनिक प्रयोग हुने मूलपानी शैलुङ बाटो मर्मतका लागि मजदूरी गरेको र केही दिन पुरुषसंँगै काम गरेपछि सिकेर अरु महिलालाई पनि सिकाइ आफ्नै नेतृत्वमा सोलिङ लगाउने काम गरेको उहाँले बताउनुभयो । पुरुष सरह महिलाले काम गर्न नसक्ने भन्दै केही पुरुषले विवाद निकाले पनि सबैको समान ज्याला हुने बताएपछि उत्साहका साथ काम गर्ने गरेको मेलुङ गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक अर्जुन दाहालले बताउनुभयो ।

दोलखाको मेलुङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७÷७८ मा २४ वटा योजना छनोट गरी सञ्चालन गरिएको थियो । गाउँपालिकाले छनोट गरेको ती योजनामध्ये १३ वटा परम्परागत पदमार्ग मर्मत गर्ने, १० वटा ग्रामीण सडक मर्मत गर्ने र एउटा सिँचाइ कुलो मर्मत गर्ने योजना सम्पन्न भएको मेलुङ गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक अर्जुन दाहालले बताउनुभयो ।

सञ्चालित योजनाबाट ९।६४४ किलोमिटर परम्परागत पदमार्ग निर्माण, २।५७४ किलोमिटर सडक मर्मत र ४८।५५ मिटर सिँचाइ पर्खाल निर्माण गरिएको छ । सञ्चालित आयोजनास्थल वरिपरीका करिब १९ हजार २५० जनाले प्रत्यक्ष सुविधा पाएको संयोजक दाहालले बताउनुभयो ।

सात वटा वडा रहेको मेलुङ गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २८४ जनालाई रोजगार प्रदान गरेको थियो । गतवर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु एक करोड ५४ लाख ७२ हजार बजेट विनियोजन भएको थियो । चालु आर्थिक वर्षमा सो कार्यक्रमका लागि रु ९९ लाख बजेट विनियोजन भएको गाउँपालिकाका रोजगार संयोजक दाहालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर