विद्यालयका कर्मचारीको तलब वृद्धि — OSNepal

विद्यालयका कर्मचारीको तलब वृद्धि

LC (KTM) September 29, 2021 0

स्याङ्जा, १३ असोज -हरिनास गाउँपालिकाले पालिकाभित्र रहेका विद्यालयमा कार्यरत बालविकास शिक्षिका, लेखा शाखा र विद्यालयमा कार्यरत कर्मचारीको तलब (पारिश्रमिक) वृद्धि गरेको छ ।गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, बालविकास शिक्षिका, विद्यालयमा लेखा शाखामा कार्यरत र विद्यालय कर्मचारीको उपस्थितिमा एक कार्यक्रकाबीच पारिश्रमिक वृद्धि गरिएको गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले बताउनुभयो ।

विद्यालयको लेखा शाखामा कार्यरत कर्मचारीको पारिश्रमिक रु १७ हजार, बालविकासका कर्मचारीको रु १६ हजार र विद्यालयका कर्मचारीको रु १५ हजार मासिक पारिश्रमिक दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।(रासस) ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर