काठमाडौं १३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताका बीचमा भेटवार्तामा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको स्रोतले जनाएको छ । छलफलमा परराष्ट्रमन्त्री नारायण खडकाले खाएको सपथको विषयमा समेत छलफल भएको बताइएको छ ।
मंगलबार सर्वोच्च अदालतमा खड्काले खाएको सपथ नमिलेको भन्दे निवेदन दर्ता भएपछि आज यस विषयमा देउवा र प्रचण्डबिच छलफल भएको हो । छलफल अहिले माओवादी केन्द्रको स्थायी कमिटिको बैठक बस्ने भएको छ ।
अधिवक्ता विशाल न्यौपानले परराष्ट्रमन्त्री नारायण खड्काको शपथ ग्रहणसमेत बदर गर्नु पर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
संविधानको धारा ८० बमोजिम संघीय कानुन बमोजिम मात्रै प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपतिसमक्ष तथा राज्यमन्त्रीले प्रधानमन्त्रीसमक्ष आफ्नो कार्यभारको गोपनीयताको सपथ लिन पाउने व्यवस्था रहेको भन्दै जारी शपथसम्बन्धी अध्यादेश २०७८’ संसदमा पेस भए पनि पारित नभएको भन्दै सर्वोच्चमा रिट दायर भएको हो ।