काठमाडौँ १३ असोज । सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेको सभामुख अग्नि सापकोटाविरुद्ध मुद्धाको सुनुवाई हुने भएको छ ।
जिउँदै मान्छेलाई खाल्डोमा पुरेको भन्दै सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो । गत भदौ १६ गते चढेको यस मुद्धाको पेशी हेर्न नभ्याइनेमा परेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।
२०६२ सालको सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामालाई खाल्डो खन्न लगाएर जिउँदै पुरेको भन्दै उनकी श्रीमती पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएक्ी थिइन् ।