मन्त्रिपरिषद् विस्तार गर्ने मुख्य एजेण्डामा छलफल गर्न माओवादी स्थायी कमिटी बैठक बस्दै — OSNepal

मन्त्रिपरिषद् विस्तार गर्ने मुख्य एजेण्डामा छलफल गर्न माओवादी स्थायी कमिटी बैठक बस्दै

LC (KTM) September 29, 2021 0

काठमाडौं, १३ असोज -सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बुधबार बस्दैछ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । यसअघि बैठक बिहान ९ बजे बस्ने भनिए पनि तीन घण्टा पर सरेको हो ।

स्थायी कमिटी बैठकको मुख्य एजेण्डा मन्त्रिपरिषद् विस्तार रहेको नेताहरूले बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको साढे दुई महिना वित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

यसअघि तत्कालीन एमाले र जनता समाजवादी पार्टीलाई विभाजनमा सघाउन ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश निस्क्रिय नहुँदा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन् । यो अध्यादेश निस्क्रिय भएसँगै अब मन्त्रिपरिषद् विस्तार हुने ठानिए पनि सत्ता साझेदार दलभित्र मन्त्रीका आकांक्षि धेरै हुँदा लम्बिदै गएको छ ।

माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनिसकेका छन् । माओवादीले पार्टीबाट मन्त्रीको टुंगो लगाउने जिम्मेवारी यसअघि नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर