पत्नी ओनसरी घर्तीसँग माओवादी नेता पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान — OSNepal

पत्नी ओनसरी घर्तीसँग माओवादी नेता पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान

LC (KTM) September 29, 2021 0

काठमाडौं, १३ असोज-पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् ।जण्डिसको वंशाणुगत समस्या भएका उनलाई थप समस्या देखिएपछि उपचारका लागि बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट थाइल्याण्ड प्रस्थान गरेका हुन् । पुनले थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।

नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड गएकी हुन् । पुनले यसअघि सुमेरु अस्पतालमा उपचार गराएका थिए। पुनले २०७२ मा पनि थाइल्याण्डमा उपचार गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर