आज देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने — OSNepal

आज देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने

LC (KTM) September 29, 2021 0

काठमाडौं, १३ असोज-आज बुधबार मुलुकका धेरै स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना छ । मनसुनको उत्तरार्धमा ठूलो वर्षाको सम्भावना नरहे पनि फाटफुट पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन् ।

बंगालको खाडीको उत्तर पश्चिम भूभाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापिय क्षेत्रको नेपालमा सामान्य प्रभाव छ । हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर छ।

बुधबार बिहान काठमाडौं उपत्यकामा पारिलो घाम लाग्न सकेको छैन । बिहान मुलुकका केही स्थानमा वर्षा भएको छ । आज दिउँसो धेरै स्थान र राति थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर