कलाकार भए पछि जस्तो सुकै अभिनय गर्नुपर्ने हुन्छ । बिषम परिस्थितीमा समेत काम गर्नुपर्ने हुन्छ । कहिले काहि आफुलाई डर लाग्ने बस्तुहरु संग नि खेल्नु पर्ने हुन्छ ।हो यस्तै भएको छ हलिउड अभिनेत्री एन्जेलिना जोली लाई । बिश्व मौरी दिवसको अवसर पारेर मौरीलाई संरक्षण गर्नुपर्छ भन्ने कुरालाई प्रचार गर्न एन्जेलिना जोलीलाई चुनियो । उनले यसका लागि मौरी संग फोटो सुट गर्नुपर्ने थियो ।
हलिउड अभिनेत्री एन्जेलिना १८ मिनेटसम्म मौरीले छोपिएर बसिन् । उनले एउटा म्यागजिन कभरका लागि यो जोखीम मोलेर फोटोसुट गराएकी हुन् । अभिनेत्री जोलीले नेसनल जियोग्राफिक म्यागजिनका लागि यो फोटोसुट गराएकी हुन् ।फोटोसुटमा अभिनेत्रीको शरिर भरी मौरी देख्न सकिन्छ ।
उनको हात, काँध र अनुहारभरि मौरी हुन्छ । तर, उनले आफुलाई केही नभएको जस्ते फिल गरेर क्यामेरामा मात्र केनिद्रत भएर पोज दिएरहेको देख्न सकिन्छ ।यो फोटो सुटका लागि इटालियन मौरीहरुको प्रयोग गरिएको फोटोग्राफर ड्यान विन्टरले बताए । अभिनेत्री संगै अरुलाई हानि नोक्सान नपुगोस् भनेर फोटो ग्राफर निक्कै सचेत भएका थिए ।