परराष्ट्रमन्त्रीले लिएको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट — OSNepal

परराष्ट्रमन्त्रीले लिएको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

LC (KTM) September 28, 2021 0

काठमाडौँ, १२ असोज- परराष्ट्रमन्त्री डा नारायण खड्काले लिएको शपथ बदर गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवालगायतलाई विपक्षी बनाई अधिवक्ता विशाल न्यौपानेले आज दायर गर्नुभएको रिट निवेदनमा कानून निर्माण नगरी गरिएको शपथ असंवैधानिक भएको उल्लेख छ ।

कानूनले परिकल्पना गरेको कुनै ढाँचाबिना असंवैधानिक तरिकाले शपथ गराइएको रिट निवेदनमा उल्लेख छ । संविधानबमोजिम कानून बनाई शपथ नलिएसम्म मन्त्रीको हैसियतमा काम नगर्न आदेशको माग रिट निवेदनमा गरिएको छ । उक्त रिट निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी बुधबारका लागि तोकिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर