बैंकिङ कसुर मुद्दामा १० लाख जरिवाना फैसला भएका खत्री कपनबाट पक्राउ — OSNepal

बैंकिङ कसुर मुद्दामा १० लाख जरिवाना फैसला भएका खत्री कपनबाट पक्राउ

LC (KTM) September 28, 2021 0

काठमाडौँ, १२ असोज -उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा रु १० लाख ६५ हजार ९०० जरिवाना तोकिएका खगेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ पुस २८ गते खत्रीलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम चार दिन कैद र रु १० लाख ६५ हजार ९०० जरिवानाको फैसला गरेको थियो । हालसम्म फरार भएका प्रतिवादी खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले आज काठमाडौँ कपनको बालुवाखानीबाट पक्राउ गरेको हो ।

खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका घर भई कपन बालुवाखानी बस्ने २६ वर्षीय खत्रीलाई पक्राउपश्चात् प्रहरीले सार्वजनिक गरेको हो । प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई ग्लोबल आइएमइ बैंकको चेक दिएका थिए । फैसला कार्यान्वयनका लागि खत्रीलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर