काठमाडौँ १२ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा आफुले तत्काल बोल्नुको कुनै अर्थ नभएको बताएका छन् ।
एमसीसी विषयमा गठवन्धन सरकारका दुई नाइकेले जवाफ दिनुपर्ने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेका छन् ।
सरकारले नबोली आफु प्रतिपक्ष भएर बोल्न नमिल्ने भन्दै ‘ताप्केभन्दा पहिला बिँड तातेर के काम ? उनले अघि भने , सरकारले रुची नै राखेको छैन भने मैले भनिरहनुपर्ने कुरा के छ ?’
एमसीसी गर्दा एमाले सरकारमा नरहेको बताएका उनले आफू सरकारमा हुँदा पनि ‘रेस्पोन्सिवल’ ढंगले प्रस्तुत भएको र संसदमा पनि आफूले सरकारको धारणा मागेको बताएका छन् ।