काठमाडौँ १२ असोज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठवन्धन सरकारले कालो धनलाई सेतो बनाउन खोजेको आरोप लगाएका छन् ।
आज मंगलबार सम्पादकसँगको अन्र्तक्रिया कार्यक्रममा ओलीले बजेटमार्फत सरकारले कालो धनलाई सेतो बनाउन खोजेको आरोप लगाएका हुन् ।
सरकारले बजेट मार्फत प्रतिस्थापन विधेयकको धारा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, ईन्जिनियर, कानुन व्यवसायी, लेखा परीक्षक लेखापढी व्यवसायी, परामर्श अभिकर्ता तथा मध्यस्तकर्ता, सेवा प्रदायकलगायत प्राकृतिक व्यक्तिले पछिल्लो ३ वर्षको आयकर आगामी फागुन मसान्त भित्र बुझाएमा सो भन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि कर मिनाहा हुने व्यवस्था गरेको प्रति आपत्ती जनाएको एमालेले यसलाई कालो धनको संज्ञा दिएको हो ।
कालो धनलाई ल्याउन नदिने पक्षमा छैनौं, कालो धनलाई सेतो बनाउन पाइँदैन । जस्तोसुकै भएपनि लगानी गर्न पाउने भन्नु डरलाग्दो कुरा होु यसले नेपालमा विपत्ती ल्याँउछ । ओलीले कार्यक्रममा भने ।
संसद नचेलको भन्दै तत्काल चुनावमा जान समेत सुझाव दिएका ओलीले ताजा जनादेशमा जानुपर्ने बातएका छन् ।