काठमाडौँ १२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरु लोकतान्त्रिक प्रणालीको भविष्य प्रति चिन्तित भएको बताएका छन् ।
आज मंगलबार सम्पादहरुसँगको अन्तक्रिया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो जनाएका हुन् । कार्यक्रममा उनले गठवन्धन सरकारले पार्टी फुटाउन मात्र अध्यादेश ल्याएको भन्दै सरकारको काम प्रति आपत्ती जनाएका छन् ।
दूषित मनसायले अध्यादेश ल्याएको भन्दै ओलीले परमादेशबाट सरकार बन्दा केहीलाई हाइसन्चो भए पनि यसले लोकतन्त्र कमजोर पार्ने स्पष्ट पारेका छन् ।
‘अहिले कतिलाई हाइसन्चो छ तर दीर्घकालमा देश र लोकतन्त्रले हार्छ । हामी लोकतान्त्रिक प्रणालीको भविष्य प्रति चिन्तित छौं’ उनले भने ।
कार्यक्रममा ओलीले सरकार माथि प्रश्न गर्दै उनले भने, पार्टी फुटाउन ल्याएको अध्यादेश नै हो अग्रगमन ?