काठमाडौँ १२ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यम प्रति अशन्तुष्टि जायर गरेका छन् ।
देशमा संविधान मिच्दा पनि मिडिया चुप लागेको भन्दै मिडियाको भुमिकालाई लिउर ओलीले आपत्ती जनाएका हुन् ।
आज मंगलबार सम्पादकहरुसँगको अन्तक्रिया कार्यक्रममा ओलीले मिडियाले आलोचना नगर्दा सरकारले गल्ती गरिरहेको बताउँदै मिडियाको खबरदारीले गर्दा आफ्नो सरकारले कम गल्ती गरेको बताएका छन् ।
प्रतिगमन शब्दको दुरुपयोग भएको भन्दै उनले लोकतान्त्रिक प्रणालीप्रति चिन्ता उत्पन्न भएको बताएका छन् ।
ताजा जनादेशमा जाने कुरा कसरी प्रतिगमन भयो भनेर उनलेका अन्तक्रिया कार्यक्रममा प्रश्न समेत गरेका छन् ।