पछिल्लो २४ घण्टामा नेपालमा संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढी — OSNepal

पछिल्लो २४ घण्टामा नेपालमा संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढी

LC (KTM) September 28, 2021 0

काठमाडौं १२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १२ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ३१८ जना संक्रमण मुक्त भएका छन् । आज सम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ ।

कोरोनाका बिरामीमध्ये हाल ६४ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर