कसैलाई मन्त्री बनाउन नहुने र मन्त्रीको हैसियतमा सपथ ग्रहण गराउन पनि नहुने माग गर्दै सर्वोच्चमा रिट दायर — OSNepal

कसैलाई मन्त्री बनाउन नहुने र मन्त्रीको हैसियतमा सपथ ग्रहण गराउन पनि नहुने माग गर्दै सर्वोच्चमा रिट दायर

LC (KTM) September 28, 2021 0

काठमाडौँ १२ असोज । संविधान बमोजिम कानुन नबनेको भन्दै कसैलाई मन्त्री बनाउन नहुने र मन्त्रीको हैसियतमा सपथ ग्रहण गराउन पनि नहुने भन्दै सर्वोच्च अदालतमा रिट लायर भएको छ ।

अधिवक्ता विशाल न्यौपानले नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काको शपथ ग्रहणसमेत बदर गर्नु पर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

संविधानको धारा ८० बमोजिम संघीय कानुन बमोजिम मात्रै प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपतिसमक्ष तथा राज्यमन्त्रीले प्रधानमन्त्रीसमक्ष आफ्नो कार्यभारको गोपनीयताको सपथ लिन पाउने व्यवस्था रहेको भन्दै जारी शपथसम्बन्धी अध्यादेश ‘२०७८’ संसदमा पेस भए पनि पारित नभएको भन्दै सर्वोच्चमा रिट दायर भएको हो ।

दायर गरिएको रिटमा भनिएको छ , शपथसम्बन्धी अध्यादेश संसदबाट पारित नभएकाले अध्यादेश संविधानको धारा १४४ ९२ ग० अनुसार स्वतः निष्क्रिय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर