कोठामा बन्धक बनाई एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा निरज र उनकी श्रीमती पक्राउ — OSNepal

कोठामा बन्धक बनाई एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा निरज र उनकी श्रीमती पक्राउ

LC (KTM) September 28, 2021 0

काठमाडौं १२ असोज । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १० बानेश्वर कात्यायनी चोक डेरा गरी बस्ने मोरङ बिराटनगर उपमहानगरपालिका १७ घर भएका ३९ वर्षीय निरज शर्मा रहेका छन् । निजले ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।

घटनामा निजको ३८ वर्षीय श्रीमतीको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ । आफ्नै कोठामा ती महिलालाई बन्धक बनाई जबरजस्ती करणी सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले नितु र निरजलाई पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर