जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट खरिद,नेपालगञ्ज जानुपर्ने बाध्यता हट्यो — OSNepal

जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट खरिद,नेपालगञ्ज जानुपर्ने बाध्यता हट्यो

LC (KTM) September 28, 2021 0

जाजरकोट, १२ असोज -यहाँबाट अक्सिजन भर्नकै लागि नेपालगञ्ज जानुपर्ने बाध्यता अब हटेको छ । स्वास्थ्य सेवा कार्यालयले रु ७५ लाखको अक्सिजन प्लान्ट खरिद गरेपछि जिल्ला अस्पतालमा अक्सिजनको समस्या हल भएको हो । नेपालगञ्जबाट अक्सिजन भरेर जिल्ला अस्पतालले सेवा प्रदान गरिँदै आएको अस्पलात विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारीदिनुभयोे ।

अघिल्लो पटक भएको बोलपत्र आह्वानमा ठेकेदारले ठेक्का लिए पनि प्लान्ट खरिद गर्न नसक्दा बजेट फ्रिज भएको थियो । जिल्ला अस्पताललाई ५० शय्याका रुपमा विकाससँगै नयाँ प्राविधि थप्ने क्रम जारीे छ । शय्या थपसँगै नयाँ भवन निर्माणाधीन छ । भवनमा समेत अर्को अक्सिजन प्लान्ट राख्ने डिजाइनमै भएकाले जिल्लामा अब दुईवटा प्लान्ट हुने जनाइएको छ । अहिले जडान भइरहेको प्लान्टबाट प्रतिदिन ४० लिटरका ४५ सिलिन्डर भर्न सकिने कार्यालय प्रमुख टीकाराम जैसीले बताउनुभयो । यहाँ जडान गरिएको पलान्टले छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिमका केही भागलाई समेत सहयोग पुग्ने जनाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर