भाइबहिनीलाई खोला तारेर आफू तर्ने क्रममा गयो नौ वर्षीया सागरिकाको ज्यान — OSNepal

भाइबहिनीलाई खोला तारेर आफू तर्ने क्रममा गयो नौ वर्षीया सागरिकाको ज्यान

LC (KTM) September 28, 2021 0

मङ्गलबारे, १२ असोज -इलामको फाकफोकथुम र देउमाई बीचको मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।देउमाई–१ चमैता मामली घरमा बसेर पढ्दै आएकी नौ वर्षीया सागरिका राईको मृत्यु भएको हो । फाकफोकथुम गाउँपालिका– ६ स्थित फलाँटे माविमा कक्षा ४ मा अध्ययनरत राई सोमबार विद्यालयबाट फिर्कदै गर्दा खोलाले बगाएको थियो ।

भाइबहिनीलाई खोलाबाट तारेर आफू पनि तर्ने क्रममा बढेर आएको खोलाले राईलाई बगाएर बेपत्ता बनाए पछि खोजतलास गर्दा ढुङ्गामा च्यापिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शव आज पोष्मार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर