क्यानाडामा फुड प्याकेजिङमा काम लगाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ — OSNepal

क्यानाडामा फुड प्याकेजिङमा काम लगाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

LC (KTM) September 28, 2021 0

झापा १२ असोज । क्यानाडामा फुड प्याकेजिङमा काममा लगाई दिने भनि ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

क्यानाडामा फुड प्याकिङको लागि मासिक तलव रु. २,२५,०००।- मा जागिर लगाई दिने, सो को लागि ४ लाख खर्च लाग्छ भनि पासपोर्ट समेतका कागजातहरु पठाउन लगाई प्रोसेसिङको लागि City Express बाट विभिन्न व्यक्तिहरुको नाममा IME तथा City Express मार्फत जम्मा रु. ३,००,०००।- पठाउन लगाई लिई ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका १० का ३६ वर्षीय नगेन्द्र विश्वकर्मा र सुनबर्षी नगरपालिका ८ का ३७ वर्षीय प्रवेज आलम रहेका छन् ।

पिडित काठमाण्डौँ बानेश्वर कमल गाउँपालिका वडा नं. ६ घर भई भएका आशिष काफ्लेले आफुलाई ठगी गरेको हुँदा अनुसन्धान गरी कारवाही निवेदन दिएका थिए ।

यस्तो छ घटना विवरण:
जिल्ला झापा कमल गाउँपालिका वडा नं. ६ घर भई काठमाण्डौ बानेश्वर बस्ने आशिष काफ्लेले ९८५१०२२६३५ नम्वरबाट Facebook, WhatsApp चलाउँदै आएकोमा फेसवुक पेजमा Carrer opportunity Urgent Need in Eden Solution Canada मा विज्ञापन रहेको देखि सो पेजमा रहेको WhatsApp नम्वर +१३०७४८१६३१४ मा सम्पर्क गर्दा क्यानाडामा फुड प्याकिङको लागि मासिक तलव रु. २,२५,०००।- मा जागिर लगाई दिने, सो को लागि ४ लाख खर्च लाग्छ भनि पासपोर्ट समेतका कागजातहरु पठाउन लगाई प्रोसेसिङको लागि City Express बाट विभिन्न व्यक्तिहरुको नाममा IME तथा City Express मार्फत जम्मा रु. ३,००,०००।- पठाउन लगाई लिई ठगी गरेको हुँदा अनुसन्धान गरी कारवाही गरी पाउँ भनि पिडितले यस महाशाखामा निवेदन दिएको ।
• निज आशिष काफ्लेलाई ठगी गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरुको बारेमा अनुसन्धान गर्दै जाँदा IME तथा City Express मार्फत पठाएको रकम लिने कार्यमा निम्न ठेगाना भएका नगेन्द्र बिश्वकर्मा, परवेज आलम समेतको संलग्नता रहेको बुझिन आई निजहरुको खोजतलास गर्नको लागि जिल्ला प्रहरी कार्यालय मोरङसँग समन्वय गरिएकोमा मिति २०७८।०६।०८ गते दिउँसो मोरङको उर्लावारीमा रहेको कावेली रेमिटमा रकम निकाल्न गएको अवस्थामा नगेन्द्र बिश्वकर्मा, प्रवेज आलमलाई पिडितलाई रकम पठाउन लगाएको व्यक्तिको नागरिकताको प्रमाण पत्र समेतका दशीहरु सहित फेला पारी पक्राउ गरी यस महाशाखामा ल्याई ठगी सम्वन्धि कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि प्रहरी परिसर काठमाण्डौमा पठाईएको ।
• निजहरुले फेसवुक पेजमा झुठ्ठा विज्ञापान बनाई WhatsApp नाम्वर राखी प्रलोभनमा पारी विभिन्न व्यक्तिहरुको नाममा रकम पठाउन लगाई भौचरको फोटो समेत WhatsApp पठाउन लगाई रकम पठाएको कोड लिई फरक फरक व्यक्तिहरु मिलेर रकम निकाल्ने गरेको खुल्न आएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर