यो मध्यावधी चुनाव नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने ओली-विद्याको प्रपंच मात्र हो : भट्टराई — OSNepal

यो मध्यावधी चुनाव नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने ओली-विद्याको प्रपंच मात्र हो : भट्टराई

LC (KTM) May 22, 2021 0

काठमाडौं ८ जेठ । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघठन गरेर नेकपा एमालेका अध्यक्ष केपी ओली र राष्ट्रपति विद्या भण्डारीले कुकर्म गरेको बताएका छन् । यो मध्यावधी चुनाव नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच भएको भट्टराईको दावी रहेको छ । भट्टराईले ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

हिजो मध्यराति सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद् विघठन गरी आयँदो कात्तिक २६ र मंसिर ३ का लागि तोकेको मध्यावधी चुनावको मिति तोकेकी थिइन् ।

भट्टराईले ट्वीटरमा लेखेका छन् :भित्रीरबाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्ररसेटिंगमा गत पुस५बाट जुन अलोकतान्त्रिकरअसंवैधानिकरप्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म !यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच हो।एकजुट होऊॅ;प्रतिवाद गरौं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर