काठमाडौं ८ जेठ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको प्रमुखबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल हटाइएको छ । जारी गरिएको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ मा निर्देशक समितिको प्रमुख प्रधानमन्त्री नै रहने गरी उल्लेख गरिएकोले पोखरेलको नाम प्रमुखबाट हटाई सीसीएमसीको सदस्य मात्र रहने जनाइएको छ ।
पोखरेल सीसीएमसीको नेतृत्वमा आएदेखि नै उनको नाम औषधि र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार र अनियमिततामा मुछिएको केहि दिन अगाडी मात्र व्यक्ति रुपमा ल्याइएको अक्सिजन सिलिन्डर आफैले ल्याएको हो भनी प्रचार प्रसार गरिएको प्रति ध्यानाकषर्ण भएकालेले अध्यादेश मार्फत यस्तो जारी गरिएको हो ।
अध्यादेशमा समितिमा पोखरेलसँगै गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति परराष्ट्रमन्त्री, मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापति सदस्य रहने उल्लेख छ ।