फाइजरको बुस्टर डोज लगाएपछि ठट्टा गर्दो अमेरिकी राष्ट्रपति बाइडेनले भने, म त झन जवान पो देखिए — OSNepal

फाइजरको बुस्टर डोज लगाएपछि ठट्टा गर्दो अमेरिकी राष्ट्रपति बाइडेनले भने, म त झन जवान पो देखिए

LC (KTM) September 28, 2021 0

न्युयोर्क, १२ असोज-अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिडको बुस्टर डोज लगाएका छन् । राष्ट्रपति बाइडेनले फाईजरको बुस्टर डोज लगाएका हुन् ।कतिपय अमेरिकीले तेस्रो खोप आवश्य नपरेको भनिरहेका बेला बाइडेनले राष्ट्रपति कार्यलय ह्वाइट हाउसमा खोप लगाएका हुन् । हालै अमेरिकाको स्वास्थ्य निर्देशिकाले ६५ वर्षमाथिका व्यक्तिलाई फाइजरको तेस्रो डोज अनुमोदन गरेको थियो ।

‘म ६५ वर्षको जस्तो नदेखिए पनि मैले यो उमेर पार गरिसकेको छु ’ ७८ वर्षीय बाइडेनले ठट्टा गर्दै भने । बुस्टर डोज लगाए पनि आफू झन् जवान देखिएको उनको भनाई थियो । स्वास्थ्यमा गम्भिर समस्यादेखि भाईरसको जोखिममा रहेका स्वास्थ्यकर्मीलेले बुस्टर डोज लगाउन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर