आईपीएल क्रिकेटमा हैदराबादको दोस्रो जित , राजस्थान ७ विकेटले पराजित — OSNepal

आईपीएल क्रिकेटमा हैदराबादको दोस्रो जित , राजस्थान ७ विकेटले पराजित

LC (KTM) September 27, 2021 0

ईन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदराबादले दोस्रो जित निकालेको छ । आज राती भएको खेलमा हैदराबादले राजस्थानलाई ७ विकेटले पराजित गरेको हो । राजस्थानले हैदराबाद लाई १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

उक्त लक्ष्य हैदराबादले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो । हैदराबादको जितमा डेब्यु खेलाडी जासन रोयले ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान केन विलियम्सनले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

राजस्थानका लागि चेतन शाकरिया ,मुस्ताफिजुर रहमान र महिपाल लोम्रोरले समान एक एक विकेट लिएका थिए । यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रनको स्कोर बनाएको थियो ।

राजस्थानका लागि कप्तान सन्जु सामसनले ८२ रनको अर्धशतकीय इनिङ्स खेले पनि आफ्नो टोलीलाई जिताउन सकेनन् । हैदराबादले १० खेलमा ४ अंक जोडेको छ । हैदराबाद पुछारमा रहेको छ । राजस्थान १० खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर