शिल्पा शेट्टी कि बहिनी शमिताले बिग बोस जित्नै नसक्ने मुस जट्टानाको ठोकुवा, यसरी गरिन् ट्रोल — OSNepal

शिल्पा शेट्टी कि बहिनी शमिताले बिग बोस जित्नै नसक्ने मुस जट्टानाको ठोकुवा, यसरी गरिन् ट्रोल

LC (KTM) September 27, 2021 0

बिग बोस ओटीटी सकिएको छ । अब चाँडै बिग बोस १५ चाँडै आउँदैछ । बिग बोस ओटीटीमा शिल्पा शेट्टीकी बहिनी शमिता शेट्टीको एटिट्युड देखेर सबै हैरान भएका थिए । राकेश बापट संग उनको जोडी जमे पनि अरु संग खासै जम्न सकेको थिएन् ।

यसैक्रममा अब शमिता चाँडै नै बिग बोस १५ मा पनि देखिने भएकी छिन् । यसैक्रममा बिग बोस ओटीटीमा उनी संगै देखिएकी प्रतिष्पर्धी मुस जट्टानाले बिग बोस १५ मा उनको नामका बिषयमा कडा ब्यंग प्रहार गरेकी छिन् ।

मुसले बिग बोस १५ मा शमिता जाने बिषयमा मज्जाक उडाउँदै शमिताले कहिले पनि बिग बोस जित्न नसक्ने ठोकुवा नै गरेकी छिन् । मुसले एक स्क्रीन शट शेयर गर्दै ट्वीटरमा लेखेकी छिन्– सुत्र बाट यो थाहा भएको छ कि शमिता शेट्टी बिग बोसो सिजन १६ र १७ पनि साइन गरिसकेकी छिन् तर जित्न सकिनन् ।

अब उनी संग सिजन १८ मा भेट्नुहोला । उनले शमिताले बिग बोस जित्न नसक्ने भन्दै यसरी कडा प्रहार गरेकी हुन् । शमिताले बिग बोस ओटीटीमा राकेश र नेहा बाहेक कसैको मन जित्न सकेकी थिईनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर