ओलीलाई साथ नदिने भनेपछि भावी रणनिति तय गर्न जसपाका ६ शिर्ष नेताहरुको बैठक बस्दै — OSNepal

ओलीलाई साथ नदिने भनेपछि भावी रणनिति तय गर्न जसपाका ६ शिर्ष नेताहरुको बैठक बस्दै

LC (KTM) May 09, 2021 0

काठमाडौं २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि जनता समाजवादी पार्टीको शीर्ष नेताहरुको बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजे संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको निवासमा बस्न लागेको हो ।

ओलीलाई विश्वासको मत नदिने निणर्यसँगै आज बिहान भएको भेटमा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको ब्रिफिङ र रणनिति बनाउन जसपाका शिर्ष ६ नेताहरुको बैठक आज बस्ने लागेको हो । भोली २७ गते ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । तर, विपक्षी दलहरु भने ओली हटाउन एक जुट भएर बसेका छन् ।
३२ जना सासंद रहेको जसपाले ओलीलाई साथ नदिने भएपछि ओली अब अल्पमतमा परेका छन् । जबकी ओलीलाई प्रधानमन्त्री पद टिकाउन १ सय ३८ सासंदको मत चाहिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर