कपिल शर्मा शो मा पिता रणधीर कपुरको कुरा सुनेर लाजले भुतुक्कै भईन् बलिउड नायिका करिश्मा कपुर, रणधीरले खोले छोरीकै अगाडी यस्ता राज — OSNepal

कपिल शर्मा शो मा पिता रणधीर कपुरको कुरा सुनेर लाजले भुतुक्कै भईन् बलिउड नायिका करिश्मा कपुर, रणधीरले खोले छोरीकै अगाडी यस्ता राज

LC (KTM) September 27, 2021 0

कपिल शर्माको शो द कपिल शर्मा शोको नयाँ सिजनले अहिले खुब चर्चा बटुलिरहेको छ शो मा हरेक हप्ता ठुला ठुला स्टारहरुलाई बोलाउने मस्ती गर्ने गरिएको छ । यस बाहेक स्टारहरुले एकदमै नयाँ खुलासा समेत शो मा गर्ने गरेका छन् ।

आउने हप्तामा द कपिल शर्मा शो मा बलिउड अभिनेत्री करिश्मा कपुरका पिता रणधीर कपुर देखिने भएका छन् । द कपिल शर्मा शो को आउनेवाला एपिसोडको प्रोमो रिलीज गरिएको छ । यस प्रोमो मा कपिल शर्मा रणधीर कपुर संग उनको फिल्म कल आज और कल को गित आप यहा आए किसलिए संग जोडिएको एक मजेदार प्रश्ज गर्छन् ।

कपिल प्रश्न गर्छन् – तपाईको फिल्म फिल्म कल आज और कल को एक गित थियो जसमा बबीताले तपाई संग सोधेकी छिन् कि तपाई यहा आउनुभयो के को लागि ? त्यसमा एक लाईन रहेको छ बिबाहको मनसायले , यो तपाईको कथाले मागेको थियो कि आफ्नै भित्री मन बाट निस्किएको माग थियो ?

रणधीरले यस प्रश्नको जवाफ छिटो दिदै भन्छन्– मेरो माग चाहि पहिलो कुरा थियो, त्यसैले मैले यो गीत गरे । रणधीर कपुर पहिला देखी नै बबीता संग एकदमै फिदा भएका थिए । उनले बिबाह समेत गर्ने सोच बनाएका थिए । उनीहरुको मायाको चर्चा त्यतिबेला पनि रहेको थियो ।

उनले हिरोइनहरु संग कैयौ रोमान्टिक सिन साँच्चिकै पनि गर्न चाहेको त कतिपय संग गर्नै नचाहेको रणधीरले खुलासा गरे पछि अर्चना पुरन सिंह पुरै हाँसेकी थिईन् तर उनकै छोरी करिश्मा कपुरको अनुहार भने लाजले रातो न पिरो भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर