बलिउड अभिनेत्री शिल्पालाई फेरी अर्काे तनाव , अब कसरी सहन्छिन् होला यो बिपत — OSNepal

बलिउड अभिनेत्री शिल्पालाई फेरी अर्काे तनाव , अब कसरी सहन्छिन् होला यो बिपत

LC (KTM) September 27, 2021 0

बलिउड अभिनेत्री शिल्पा शेट्टीको जिवनमा एक पछि अर्काे अफ्ठ्याराहरु आउन थालेका छन् । केही समय अघि पोर्नाेग्राफी केसमा फसेका आफ्ना पति राज कुन्द्रा लाई अदालतको बेल मिले संगै केही राहत महशुस गरेकी शिल्पालाई फेरी अर्काे तनाव आएको हो ।

भारतीय टेलिभिजनको एकदमै चलेको डान्स रियालिटी शो ‘सुपर डान्सर ४’ बन्द हुने संकेत देखिए पछि यस शो कि निर्णायक समेत रहेकी शिल्पालाई तनाव आई लागेको हो । यो शो यसै वर्षको मार्चबाट सुरु भएको थियो ।

शो लाई एकदमै राम्रो बनाउन र धेरै भन्दा धेरै दर्शक सम्म जोड्न निर्माण पक्षले हरेक उपाय अपनाए । तर यस शो को टिआरपी रेट घटेपछि निर्माण पक्ष शो लाई नै हटाउनु पर्ने हो कि भन्ने मानसिकतामा पुगेका छन् ।

यो शोसम्म दर्शकलाई तान्नका लागि निर्माताले निकै मेहनत गरेका थिए । टिआरपी कै कारण यस शो को ठाउँमा च्यानलका निर्माताले अर्को नयाँ शो ल्याउने तयारी गरे संगै शिल्पा अब के गर्लिन भन्ने सबैको चासो रहेको छ ।

नयाँ शो को प्रोमो समेत सार्वजनिक हुनु र समय तालिका पनि सुपर डान्सर ४ कै ठाउँमा हुनुले यसको थप पुष्टि गरेको छ । च्यानलका निर्माताले एक नयाँ डान्स रियालिटी शो ‘इण्डियाज बेस्ट डान्सर २’को प्रोमो सार्वजनिक गरिसकेका छन् ।

यो शो आगामी अक्टोबरबाट सुरु हुने बताइएको छ । तर पनि सुपर डान्सर ४ बन्द हुने कुनै आधिकारीक घोषणा भने भई सकेको छैन । किनकि यस शो मा अझै ७ जना प्रतिष्पर्धीहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर