अब विवाह गर्ने सोचमा छु : क्याट्रिना कैफ — OSNepal

अब विवाह गर्ने सोचमा छु : क्याट्रिना कैफ

LC (KTM) September 27, 2021 0

एजेन्सी- बलिउड अभिनेत्री क्याट्रिना कैफ बलिउडका त्यस्ती अभिनेत्रीमा पर्छिन् जसले आफूले प्रेम गरेको मान्छे पाउन सकिनन् । पहिले सलमान खानसँगको सम्बन्धले चर्चा पायो ।त्यसपछि उनको जीवनमा रणवीर कपुर आए । सो सम्बन्ध पनि टुट्यो । यसैबीच, क्याट्रिनाले आफ्नो सम्बन्धलाई लिएर ठूलो खुलासा गरेकी छिन् ।भारतीय मिडियाका अनुसार एक सोमा पुगेकी कट्रिनालेआफ्नो निजी जीवनसँग जोडिएको केही सवालको उत्तर दिएकी छिन् ।

उनी किन कसैसँग पनि डेट गर्दिनन् भन्ने प्रश्नमा क्याट्रिनाले भनेकी छिन्, यो कुरा म आफैँलाई पनि थाहा छैन, म यो पनि जान्दिनँ कि दोस्रोपटक कसैसँग डेट गर्न पाउँछु कि पाउँदिनँ ।’ उनले अहिलेसम आफू सिंगल नै भएको बताइन् । आफूसँगैका हिरोइन लगभग सबैको विवाह भएको सम्बन्धमा उनले भनेकी छिन्, मैले देखिरहेको छु, सबैले विवाह गरिरहेका छन्, कृपया मलाई कसैले पनि पछाडि नछोडिदिनू ।’ उनले आफू पनि विवाह गर्ने सोचमा भएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर