काठमाडौं ११ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष डा. भीमबहादुर रावलबीच दश बुँदे सहमति कार्यान्वयनको विषयमा सवालजवाफ भएको छ ।
आज सोमबार बसेको बसेको स्थायी कमिटिको बैठकमा अध्यक्ष ओली र रावलविच सुरुमै सवाल जवाफ भएको हो । बैठक सुरु भएलगत्तै रावलले ओलीको नाम नै लिएर दश बुँदे सहमति कहिलेसम्म कार्यान्वयन गर्नुहुन्छ ? भन्दै प्रश्न गरेका थिए ।
बैठकमा सहभागी भएका एक नेताले रावलको भनाई उद्धृत गर्दै भने, अध्यक्षज्यू, तपाईँ कतिञ्जेलसम्म दश बुँदे कार्यान्वयन गर्नुहुन्न ? दश बुँदे कार्यान्वयन नभएसम्म विवाद समाधान हुँदैन् । यो सहमति अक्षरंश पालना हुनुपर्छ । यसमा हामी एक ईन्चपनि ब्याक हुन्नौं ।’
दश बुँदे कार्यान्वयनको विषयलाई लिएर हिजो आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा पनि रावल सहभागी भएका थिएनन् ।